शङ्खरापुरको वडा नं. २ र ८ मा कांग्रेसको प्यानल नै विजयी « Khabarhub

शङ्खरापुरको वडा नं. २ र ८ मा कांग्रेसको प्यानल नै विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित भए । यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित भएका छन् । महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित भइन् ।

 यसैगरी वडा नं. ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित भए। यसैगरी सदस्यहरूमा महिलामा तारा रानाभाट, खुलामा समाजवादीसँगको गठबन्धनका मनोज तामाङ र सुदन केसी निर्वाचित भए । नगरपालिकाको वडा नं १ एमाले, वडा नं ३ मा माओवादी र वडा नं। ९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । अहिलेसम्म नगरपालिकाको पाँच वटा वडाको मतगणना भइसकेको छ । नौ वटा वडा रहेको नगरपालिकामा अहिले वडा नं. ४ र ७ को मतगणना भइरहेको छ ।

यो सकेपछि वडा नं. ५ र ६ को मत गन्न बाँकी रहने नगर निर्वाचन कार्यालयले जनाएको छ । कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा १७ हजार १०० मत खसेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : १७ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र