महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित « Khabarhub

महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युगाण्डासँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको हो । 

युगाण्डाले दिएको १ सय ३ रनको लक्ष्य नेपालले भेटाउन नसकेपछि नेपालले हार व्यहोरेको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन बनाउन सफल भयो । नेपालका लागि इन्दु बर्माले १६, डली भट्टले १३ रन र विन्दु रावलले १२ रन जोडिन् । 

टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए । 

युगाण्डा विरुद्धको सिरिज नेपाली महिला क्रिकेट टोलीको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालमा आयोजना भएको १३ औँ साग गेम्समा महिला टोलीले पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

महिला क्रिकेट टोलीका लागि यो दोस्रो अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज हो । गत वर्ष कतार भ्रमणमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने नेपालले क्लिन स्विप गरेको थियो ।

नेपाल र युगाण्डाबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार, तेस्रो खेल बिहीबार र चौथो खेल शुक्रबार हुनेछ । दुई देशबीचको पाँचौँ टी–ट्वान्टी खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : ५९ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला