महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित « Khabarhub

महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युगाण्डासँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको हो । 

युगाण्डाले दिएको १ सय ३ रनको लक्ष्य नेपालले भेटाउन नसकेपछि नेपालले हार व्यहोरेको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन बनाउन सफल भयो । नेपालका लागि इन्दु बर्माले १६, डली भट्टले १३ रन र विन्दु रावलले १२ रन जोडिन् । 

टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए । 

युगाण्डा विरुद्धको सिरिज नेपाली महिला क्रिकेट टोलीको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालमा आयोजना भएको १३ औँ साग गेम्समा महिला टोलीले पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

महिला क्रिकेट टोलीका लागि यो दोस्रो अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज हो । गत वर्ष कतार भ्रमणमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने नेपालले क्लिन स्विप गरेको थियो ।

नेपाल र युगाण्डाबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार, तेस्रो खेल बिहीबार र चौथो खेल शुक्रबार हुनेछ । दुई देशबीचको पाँचौँ टी–ट्वान्टी खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : ५९ बजे

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ