‘जलवायु परिवर्तनले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बत सरे’  « Khabarhub

‘जलवायु परिवर्तनले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बत सरे’ 



काठमाडौं- जलवायु परिवर्तनका कारण नेपालका पहाडी र हिमाली जिल्लाका जनावरहरू तिब्बत सरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.बिम श्रेष्ठले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बतमा सरेको र जलवायु परिवर्तनको असरले नेपाल फर्कन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

साथै, तिब्बतमा चरन जमिनको ठुलो हिस्सा रहेको उनले बताए । खबरहबले आयोजना गरेको ‘जलवायु परिवर्तनले जनावरहरूमा पार्ने प्रभाव’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको सान्दर्भिकता र केयूमा अमेरिकी स्टेट डिपार्टमेन्ट इन्गेजमेन्ट कार्यक्रमले गरेको पहलबारे प्रकाश पार्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

अन्तरक्रियामा काठमाडौँस्थित अमेरिकी दूतावासकी स्टेट पब्लिक डिप्लोमेसी अफिसर सारा नाइटले जलवायु परिवर्तनका विषयमा युवा पुस्तालाई सचेत गराउन अमेरिकी सरकारको प्रयासबारे प्रकाश पारिन् । उनले युवा विद्वानहरूलाई यस्तो गम्भीर समस्यालाई सम्बोधन गर्न थप नवीन विचारहरू ल्याउन आह्वान गरिन् ।

आईएसएसआरका बोर्ड डिरेक्टर नरेश श्रेष्ठले काठमाडौंमा भएको प्रदुषण तथा नेपालमा भएको नदीहरूको अवस्थाको बारेमा जानकारी गराएका थिए । साथै श्रेष्ठले जलवायु परिवर्तन र वातावरणको बारेमा विचार राखेका थिए ।

विदेशमा अन्तर्राष्ट्रिय अनुभवहरू, दुईतर्फी विद्यार्थी गतिशीलता, संस्थागत स्रोतहरूको साझेदारीका लागि विश्वविद्यालय साझेदारीको माध्यमबाट स्थानीय उच्च शिक्षा संस्थाहरूसँग युएस कलेज र विश्वविद्यालय सम्बन्धलाई सुदृढ पार्नु र निर्माण गर्न भएको काठमाडौं विश्वविद्यालय युएस अब्रोड स्टडी प्रोग्राम परियोजना अधिकारी जश्मा सैंजुले बताइन् ।

काठमाडौँ विश्वविद्यालयको युएस स्टडी एब्रोड इन्गेजमेन्ट प्रोग्रामले ‘इम्प्याक्ट अफ क्लाइमेट चेन्ज अन एनिमल्स’ शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम दरबारमार्गस्थित पेभिलियन ग्रुपको हलमा भएको हो । अन्तरक्रियामा मिशिगन स्टेट युनिभर्सिटी (एमएसयु) का विद्यार्थी र काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरू सहभागी थिए ।

नेपालका विश्वविद्यालय र युएस कलेज युनिभर्सिटीका युवा विद्यार्थी र विद्वानहरूलाई जलवायु परिवर्तनले जनावरहरूमा पार्ने नराम्रो प्रभावहरूबारे सचेत गराउने उद्देश्यले अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । साथै कार्यक्रममा जनावरहरूको बसाइसराइ, सिकारी, र यसले सामुदायिक वनहरूमा, जीविकोपार्जनमा पार्ने असर लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : १४ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य