उत्तरी गोरखाको चुमनुब्रीमा पुन: मतदान गर्न माग  | Khabarhub Khabarhub

उत्तरी गोरखाको चुमनुब्रीमा पुन: मतदान गर्न माग 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सर्वदलीय बैठकले पुन: निर्वाचनको माग गरेको छ ।
सोमबार (आज) बसेको सर्वदलीय बैठकले पालिकाका केही स्थानमा स्वच्छ निर्वाचन नभएको भन्दै पुन: मतदानको माग गरेको हो । ‘नेपाली काँग्रेसले वडा नम्बर ३ जगतमा सिरिङ्गी हिमालीको बुथमा र माओवादीले वडा नम्बर २ को ल्हो आधारभुत विद्यालयको बुथमा पुन: मतदानको माग गरेको छ ।
एमालेले भने पालिकाभरिमै मतदान स्वच्छ नभएको भन्दै पालिकाभरि नै फेरि मतदानको माग गरेको एमालेबाट वडा नम्बर ३ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्र गुरुङले बताए । सोमबार दिउँसो सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय बैठकबाट मतगणना सुरु गर्न सहमति नजुटेपछि निर्वाचन अधिकृतले त्यहाँको अवस्थाबारे आयोगमा जानकारी पठाएको उनले बताए । ‘अधिकृतले यहाँको माग माथि पठाएको छु भन्नु भएको छ। माथिबाट जे निर्णय आउँछ त्यही गर्ने भनेर सर्वदलीय बैठक टुङ्गिएको हो’, गुरुङले भने ।
‘सर्वदलीय बैठकमा सहमति जुट्न सकेन भन्ने खबर आएपछि सर्वदलीय बैठकको निर्णय केन्द्रमा पठाउनु भनेर मैले निर्देशन दिएको हुँ। उहाँहरूले त्यही अनुसार गर्नु भएको होला। अब के गर्ने भन्ने विषयमा केन्द्रले केही निर्णय गरेर पठाउँला’, मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले भने ।
भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका सङ्कलन गरिएको थियो । वैशाख ३० गते नै निर्वाचन सम्पन्न भएपनि मतपेटिका सङ्कलन गर्न नै आइतबार दिउँसोसम्म लागेको थियो ।
आइतबार साँझ नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेपनि स्थानीय दलका प्रतिनिधीहरुले पुन निर्वाचनको माग गरेपछि अहिलेसम्म मतगणना सुरु हुन सकेको  छैन।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ०९ बजे

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

कुलिङ पिरियडबारे छानबिन प्रतिवेदन तयार पार्न खोज्दा सत्तारुढ चार सांसद बेपत्ता

काठमाडौँ – सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड व्यवस्था तोडमरोड

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना

‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा

काठमाडौं- नेकपा माओवादी केन्द्रले आतइबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शहीद

शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार  

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो तीन दशक लामो फिल्मी