रसुवाको चार पालिकामा मतगणना सम्पन्न, २ मा काँग्रेस २ मा एमाले विजयी « Khabarhub

रसुवाको चार पालिकामा मतगणना सम्पन्न, २ मा काँग्रेस २ मा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको पाँच वटा गाउँपालिका मध्ये चार वटा गाउँपालिकाको मतगणना सकिएको छ ।
जिल्लाको कालिका, उत्तरगया, गोसाईंकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणना सकिएको हो । चार वटा गाउँपालिकाको मतगणना सकिँदा जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । भने, उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् ।
उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नबिना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुन: अध्यक्षमा दोहोरिएका हुन् । त्यसैगरि रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए ।
त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् ।  २०७४ सालमा भएको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।
२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कैसाङ नुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुन: दोहोरिएका हुन् । त्यसैगरि उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए ।
त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा जितेकी थिइन् । उनी अहिले पुन: दोहोरिएकी हुन् । नौकुण्ड गाउँपालिकामा भने मतगणनाको कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : २२ बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा