उदयपुरगढी अध्यक्षमा समाजवादीका मानबहादुर निर्वाचित « Khabarhub

उदयपुरगढी अध्यक्षमा समाजवादीका मानबहादुर निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउँदै निर्वाचित भएका हुन् । मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरलाई हराउँदै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४ हजार ६ सय ४८ मत ल्याउँदा नेकपा एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा समाजवादीका दिलबहादुर राना मगर विजयी भएका छन् । वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर राउत विजयी भएका छन्।

वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका मनोजकुमार कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रामबहादुर घले मगर, वडा नम्बर ५ मा नेपाली कांग्रेसका कुमार अधिकारी, वडा नम्बर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा माओवादी केन्द्रका भुवन केप्छाकी मगर र वडा नम्बर ८ मा एमालेका थीरबहादुर राउत विजयी भएका छन् ।

उदयपुरगढी गाउँपालिकामा २० हजार २ सय ५२ मतदाता मध्ये ५९ दशमलव ७६ प्रतिशत १२ हजार १ सय २ मत खसेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : ५५ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको