चट्यांङले आगलागी हुँदा बाँकेमा ३९ घरधुरी जले | Khabarhub Khabarhub

चट्यांङले आगलागी हुँदा बाँकेमा ३९ घरधुरी जले


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा बुधबार हावाहुरीसंगै परेको चट्यांङले आगलागी हुँदा ३९ घर–टहरा जलेर नष्ट भएका छन् ।

दिउसो रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । चट्याङ लागेर यादवकी १६ वर्षीया छोरी नन्कु गम्भीर घाइते भएकी छिन ।

फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगोले छोट्की चौफेरीका सबै घरगोठ जलेका छन् । आगलागीबाट मानविय क्षती नभएपनि अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको डीएसपी सापकोटाले जानकारी दिए ।

आगलागीबाट करिव ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ । सबै घरगोठ जलेपछि आगो आफै नियन्त्रणमा आएको स्थानीयले बताए । यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं. ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ ।

स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ४२ बजे

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल

आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ