चट्यांङले आगलागी हुँदा बाँकेमा ३९ घरधुरी जले « Khabarhub

चट्यांङले आगलागी हुँदा बाँकेमा ३९ घरधुरी जले


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा बुधबार हावाहुरीसंगै परेको चट्यांङले आगलागी हुँदा ३९ घर–टहरा जलेर नष्ट भएका छन् ।

दिउसो रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । चट्याङ लागेर यादवकी १६ वर्षीया छोरी नन्कु गम्भीर घाइते भएकी छिन ।

फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगोले छोट्की चौफेरीका सबै घरगोठ जलेका छन् । आगलागीबाट मानविय क्षती नभएपनि अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको डीएसपी सापकोटाले जानकारी दिए ।

आगलागीबाट करिव ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ । सबै घरगोठ जलेपछि आगो आफै नियन्त्रणमा आएको स्थानीयले बताए । यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं. ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ ।

स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ४२ बजे

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा