अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि « Khabarhub

अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको  छ । पञ्चदेवल नगरपालिकाको मतगणना भने जारी रहेको छ । 

अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ । दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजय भएको छ । 

एमालेले मंगलसैन नगरपालिकाको प्रमुख र उपप्रमुखमा, तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । मेल्लेखमा माओवादी, कांग्रेस र एमाले, समाजवादीबीच चुनावी गठबन्धन रहेको थियो । 

नेपाली कांग्रेसले चौरपाटी र ढकारी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जित हासिल गरेको छ । चौरपाटीमा समाजवादी र माओवादीबीच चुनावी गठबन्धन थियो । 

बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा जितेको छ । रामारोशन गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्र उपाध्यक्ष जितेको छ । कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतपरिणाम सार्वजनिक भएका वडामध्ये एमालेले ३१ वडा, कांग्रेसले २७ वडा, माओवादी केन्द्रले ६ वडा, समाजवादीले तीन र २ वडामा स्वतन्त्र व्यक्ति अध्यक्षमा निर्वाचित भएका छन् । मंगलसैन नगरपालिकामा एमाले १० र कांग्रेस ४, तुर्माखाँद गाउँपालिकामा कांग्रेस पाँच, एमाले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

मेल्लेख गाउँपालिकामा एमाले तीन, कांग्रेस दुई, माओवादी, समाजवादी र स्वतन्त्रले एक/एक वडामा जितेका छन् । चौरपाटी गाउँपालिकामा कांग्रेस चार र एमाले तीन वडामा वडा अध्यक्षमा निर्वाचित भएको छ । 

रामारोशन गाउँपालिकामा माओवादी तीन, एमाले र कांग्रेस दुई/दुई वडामा विजयी भएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस तीन, एमाले दुई र माओवादी केन्द्र एक वडामा निर्वाचित भएका छन् । 

यस्तै कमलबजार नगरपालिकामा एमाले सात, कांग्रेस दुई र एक स्वतन्त्र वडा अध्यक्षमा विजयी भएका छन् । ढकारी गाउँपालिकामा कांग्रेस चार, एमाले र समाजवादी दुई/दुई वडामा निर्वाचित भएका छन् । 

पञ्चदेवल विनायक नगरपालिकाका २ वडा कांग्रसले जितेको छ भने त्यहाँ मत गणना जारी रहेको छ । यस्तै १४ वडा रहेको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा मतदानका क्रममा शुक्रबार झडपका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । बाब्लामा शुक्रबार मतदान हुने भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ०९ बजे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा