महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर « Khabarhub

महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन हजार बढी पशुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाको आर्थिक एवं प्राविधिक सहयोगमा सम्सी– २ र ५ मा आइतबार आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा एक हजार सात सय बढी बाख्रा, एक हजार चार सय बढी गाई र भैँसीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

आयोजनाका प्रमुख युगलकिशोर तिवारीका अनुसार शिविरमा पशुको गर्भ परीक्षण, प्रजनन जाँच, ‘पीपीआर’ खोप, ‘एचएसबीक्यू’ खोप, नाम्ले जुकाको औषधि, ‘लिभर टनिक’, ‘मिनरल’ र ‘भिटामिन’ वितरणलगायतका सेवा प्रदान गरिएको थियो ।

यस क्षेत्रका बढी पशुहरुमा भित्री परजीवी र बाह्य परजीवीका कारण गर्भ नबस्ने समस्या बढी देखिएको उपचारमा संलग्न पशु सेवा विशेषज्ञ मुकेश पण्डितले जानकारी दिए । उनले यस्ता समस्या देखिएका पशुहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै गर्भ बस्ने औषधि वितरण गरिएको बताए ।

त्यस्तै गाई, भैँसीलाई ‘एचएसबीक्यू’ खोप तथा औषधि मार्फत विभिन्न रोगको उपचार गरिएको छ । बाख्रामा ‘पीपीआर ’ खोप र औषधि मार्फत उपचार गरिएको पशु चिकित्सक रामशङ्कर शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ३६ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म