भारतीय टोलीमा शिखर धवनको स्थानमा रिसव पन्त ? « Khabarhub

भारतीय टोलीमा शिखर धवनको स्थानमा रिसव पन्त ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चोटपछि आराम पाएका भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवनको स्थानमा भारतीय टोलीमा रिसव पन्तले स्थान पाउने भएका छन् । भारत ओपनिङमा बलियो बनाउने योजनासहित रिसवलाई शिखरको स्थानमा विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा समावेश गर्न लागेको आईसीसीले जनाएको छ ।

यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका विकेटकिपर ब्याट्सम्यान पन्तलाई टोलीमा लिने भारतको योजना थियो । यद्यपी भारतीय क्रिकेट बोर्डले अहिलेसम्म आधीकारीक रुपमा केही जनाकारी दिएको छैन् ।

तर, भारतका प्रशिक्षकले बुधबारको पत्रकार भेटघाटमा खेलाडी स्ट्यान्डबाई रहेको बताएका थिए । भारतीय मिडियाहरुले रिसव विश्वकपका लागि बिहीबार इङ्ग्ल्यान्ड पुग्ने उल्लेख गरेका छन् ।

पन्तले भारतका लागि अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । उनको १३०.९८ को स्टाइक रेट रहेका उनी धवनको स्थान लिन सक्ने खेलाडी रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : २२ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्