रूसी इन्धनमा निर्भरता अन्त्य गर्ने युरोपेली युनियनको योजना « Khabarhub

रूसी इन्धनमा निर्भरता अन्त्य गर्ने युरोपेली युनियनको योजना


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली आयोगले रूसी जीवाश्म इन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना अघि सारेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा सम्बोधन गर्दै युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लाइनले योजना घोषणा गरेकी हुन् ।

रूसले युरोपको ४० प्रतिशत प्राकृतिक ग्यास र यसको आयातित तेलको २७ प्रतिशत आपूर्ति गर्दछ । बीबीसीका अनुसार उर्जा बेचेर रुसले युरोपबाट प्रतिवर्ष करिब ४ खर्ब युरो आम्दानी गर्दै आएको छ ।

अब युरोपेली युनियनले हरित ऊर्जामा तीव्रता दिने योजना बनाएको छ । रुसी उर्जा प्रयोग गरेर युक्रेनको युद्धमा सहयोग गरेको युनियनमाथि आरोप लाग्दै आएको छ । बढ्दो ऊर्जा लागतले उपभोक्ताहरू र युरोपको व्यवसायमा वित्तीय दबाब पनि परेको बीबीसीले जनाएको छ ।

अद्यावधिक गरिएका प्रस्तावहरूले ईयूले तत्कालै ग्यास संकटलाई कसरी समाधान गर्ने भनेर वार्ता गर्ने योजना मात्र बनाएको छैन, सन् २०३० सम्ममा रुसी ऊर्जाबाट पूर्णरूपमा छुटकारा पाउने बाचाहरू पनि गरेको छ ।

 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : ०८ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज