चन्द्रागिरीको मेयरमा फेरि कांग्रेसकै गिरी निर्वाचित « Khabarhub

चन्द्रागिरीको मेयरमा फेरि कांग्रेसकै गिरी निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्काठमाडौँको चन्द्रागिरि नगरपालिकामा पुनः नेपाली काँग्रेस विजयी भएको छ ।

गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ । प्राज्ञिक एवं विकास प्रेमी नेताका रूपमा घनश्याम गिरी काँग्रेसका तर्फबाट मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

गिरीले १५ हजार ४७५ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का उत्तम बहादुर रावतले १४ हजार ६५१ मत पाए । उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष  हुन् । उपमेयरमा भने एमालेकी बसन्ती श्रेष्ठ विजयी भएकी छन् ।

उनले १५५६४ मत पाएका छन् । नगरपालिकाको वडा न १, ३, ४, ७, ८, ९, ११,  १३ र १५ मा काँग्रेसले  विजय हासिल गरेको छ । काँग्रेसका तर्फबाट नवनिर्वाचित  वडाध्यक्ष  वडा नं १ मा हरिश्याम राना मगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रह्लाद रिजनल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ  १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् ।

निर्वाचित भएपछि उनले भने, “निर्वाचनका समयमा नगरवासीसमक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रूपमा स्थापित गर्नेछु ।”

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : ३२ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको