सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै « Khabarhub

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

विसं १९८१ साल पुस ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको विक्रम संवत् २०६७ साल फागुन २० गते निधन भएको थियो।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती शासन व्यवस्थामा १४ वर्ष जेल जीवन विताएका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०४७ सालमा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

बालुवाटार प्रवेश र त्यहाँबाट फर्किदा निकै तामझाम देखाउने नेताहरुको भीडमा भट्टराई प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएर बाहिरिएका थिए ।

नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको हो । उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याएपछि गरी उनले दुई पटक प्रधानमन्त्रीको रुपमा मुलुकलाई नेतृत्व प्रदान गरे ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित