यौन हिंसाको केसमा नाम जोडिएपछि माल्भिकाले मागिन् माफी « Khabarhub

यौन हिंसाको केसमा नाम जोडिएपछि माल्भिकाले मागिन् माफी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्र वर्षीया गायिकामाथि यौन हिंसा भएको घटना सेलाउन नपाउँदै अर्को यस्तै घटनाले सामाजिक सञ्जाल तातेको छ ।

यौन हिंसाको विषयमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले पीडितलाई उल्टै धम्काएको विषय बाहिर आएपछि माल्भिका सुब्बाले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले अक्षम्य गल्ती गरेको र त्यतिबेला आफूले कुनै सहयोग नगरेको भन्दै माफी मागेकी हुन् ।

‘मैले सबै कुरा सम्झिन्नँ, तर यति सम्झिन्छु कि तिमी मसँग एब्युजरको बारेमा कुरा गर्न खोज्दै थियौ तर मैले त्यतिबेला कुनै सहयोग गरिनँ,’ माल्भिकाले माफी माग्दै भनेकी छिन्, ‘मैले अलि लामो समय संवाद गर्नुपर्थ्यो, भेट्नुपर्थ्यो, उनको हात समात्नुपर्थ्यो, उनको लागि उभिनुपर्थ्यो, मैले एकपटक तिमी ठीक त छौ भनेर सोध्नुपर्थ्यो ।’

उनले आफू एक प्रभावशाली व्यक्तिका रुपमा आफू असफल भएको स्वीकार गरेको र आफूले अहिले पाइरहेको घृणाको लागि योग्य भएको बताएकी छिन् ।

माल्भिकाले ८ वर्षअघि पीडित युवतीले फोन गर्दा आफू व्यक्तिगत समस्या र वैवाहिक सम्बन्धका कारण आफै मानसिक समस्याबाट गुज्रिएको पनि बताएकी छिन् ।

बुधवार एक युवतीले ब्युटी पेजेन्टका नाममा एक कन्सल्टेन्सी सञ्जालकले आफूमाथि बलात्कार गरेको खुलासा गरेपछि यो घटनाले सामाजिक सञ्जाल तातेको हो । ती युवतीले त्यतिबेला माल्भिकालाई सहयोग मागेको तर उनले उल्टै थर्काएको भनेकी थिइन् ।

माल्भिकाले आफूले त्यतिबेला गल्ती गरेको स्वीकार गरेकी छिन् ।

घटना सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । मिस नेपाल २०१८ श्रृखंला खतिवडा, नायिका पूजा शर्मा लगायतका सेलिब्रेटीहरू उनको पक्षमा उभिएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानविन गर्न समेत माग गरिरहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : ५९ बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि