साउदीमा १८ नेपाली युवा अलपत्र, उद्धारको अपिल « Khabarhub

साउदीमा १८ नेपाली युवा अलपत्र, उद्धारको अपिल



दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका १७ र सर्लाहीका एक जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरु करिब ५ महिनाअघि मात्र साउदी अरब पुगेर पुगेका थिए ।

काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेचीनगर-८ का पूर्णकुमार तामाङले गुनासो सुनाए ।

म्यानपावरकी सञ्चालिका सरिता घले र एजेन्ट धकबहादुर राउतलाई प्रति व्यक्ती १ लाख ४० हजारदेखि १ लाख ८०  हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले अलपत्र पारेको हो । साउदीको दमाममा रहेको क्यापीटल फोर सेल्स सप्लायर्स कम्पनीले आफूहरुले काम गरेको पारिश्रमिक नदिएको पीडितहरूले बताएका छन् ।

‘हामीले कम्पनीमा तीन महिना काम गर्‍यौ, कम्पनीले दुई महिनाको मात्र पारिश्रमिक दिएको छ, एक महिनाको बाँकी छ ,’ तामाङले खबरहबसँग भने, ‘कोठामा बसेको २० दिन भयो। पैसा माग्दा कम्पनीले दिँदैन।’

हाल कम्पनीले काममा नलगाई एउटा लेबर क्याम्पमा राखेको उनीहरुको भनाइ छ । ‘न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजमा ऋण काढेर आएका हौ, यहाँको पैसाले खानै पुग्दैन ,’अर्का पीडित सर्लाहीका अब्दुल कलामले प्रश्न गरे, ‘नेपालमा परिवारलाई के पठाउने ?’

आफूहरूको अवस्थाबारे सम्बन्धित म्यानपावरलाई जानकारी गराए पनि कुनै पहल नगरेको बरु उल्टै धम्क्याउने गरेको उनीहरू बताउँछन् । दमामस्थित नेपाली दूतावासलाई जानकारी गराउँदासमेत औपचारिकरुपमा निवेदन लिएर आउन भनेको पीडितहरूले सुनाए।

आफूहरूले काम गरेको तलब दिलाई सकुशल स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरुले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावासलगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

यस्तो भन्छ म्यानपावर
म्यानपावर सञ्चालिका सरिता घलेले भने अलपत्र युवाको समस्या थाहा पाएपछि कम्पनीलाई जानकारी गराएको बताएकी छन् । खबरहबसँग कुरा गर्दै उनले त्यहाँ पुगेका युवासँग आफू सम्पर्कमा रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताएकी छन् ।

‘ती भाइहरूले समस्यामा परेको भनेपछि म निरन्तर सम्पर्कमा छु, मैले कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पूर्ण कुरा जानकारी गराएकी छु,’ उनले भनिन् ।

एजेन्ट धकबहादुर राउतले आफूले पहिला त्यो कम्पनीमा १०-१२ वर्ष काम गरेको बताउँदै उनीहरूलाई त्यहाँसम्म लान सहयोग मात्र गरेको दाबी गरे । उनीहरूको समस्या सरिता दिदी (म्यानपावर)ले नै समाधान गर्ने र बताएको उनले बताए ।

अलपत्र पर्नेहरू

अब्दुल कलाम -सर्लाही

झापा मेचीनगरका 
किरण उराउ
इन्द्र धिमाल
राम खडिया
रबिन खडिया
तुल बहादुर मासी
पूर्णकुमार तामाङ
थव राज तिम्सिना
कुमार राई
रन्द्र उराउ
प्रेम विश्वकर्मा
अशोक विश्वकर्मा
राम बहादुर खत्री
अविनाश राजवंशी
पंजक राजवंशी
साजन राजवंशी
नेपाल राजवंशी
निल उराउ

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : १८ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि