बरहथवामा एमालेकी कल्पनाको अग्रता  « Khabarhub

बरहथवामा एमालेकी कल्पनाको अग्रता 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालले अग्रता लिइरहेकी छिन् ।

उनले ४ हजार ८ सय ७५ मत प्राप्त गर्दा  नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई २ हजार ६ सय ४७, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ३ हजार १ सय ६५, जसपाका जय प्रकाश रायलाई १ हजार १ सय ८ र लोसपाका प्रमोद कुमार रौनियारले ८ सय ४३ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ४ हजार १ सय ९८, नेपाली कांग्रेसकी गंगा दाहाललाई २ हजार ९ सय ५४, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ३ हजार २ सय ४०, जसपाका मिरा सिंह कोइरीलाई १ हजार २ सय ३४ मत र लोसपाकी प्रेम शिला सिंहलाई ८ सय ७२ मत प्राप्त भएको छ । 

गत ३ गते बेलुकी देखि नगरपालिकाकै भवनमा मतगणना भइरहेको छ । जस अन्तर्गत वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२ मत, वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२ मत, वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ मत, वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी निर्वाचित भइसकेका छन् ।

अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ भने वडा नम्बर १४ को पनि गणना गर्ने तयारी हुँदैछ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ४० बजे

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको