बरहथवामा एमालेकी कल्पनाको अग्रता  « Khabarhub

बरहथवामा एमालेकी कल्पनाको अग्रता 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालले अग्रता लिइरहेकी छिन् ।

उनले ४ हजार ८ सय ७५ मत प्राप्त गर्दा  नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई २ हजार ६ सय ४७, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ३ हजार १ सय ६५, जसपाका जय प्रकाश रायलाई १ हजार १ सय ८ र लोसपाका प्रमोद कुमार रौनियारले ८ सय ४३ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ४ हजार १ सय ९८, नेपाली कांग्रेसकी गंगा दाहाललाई २ हजार ९ सय ५४, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ३ हजार २ सय ४०, जसपाका मिरा सिंह कोइरीलाई १ हजार २ सय ३४ मत र लोसपाकी प्रेम शिला सिंहलाई ८ सय ७२ मत प्राप्त भएको छ । 

गत ३ गते बेलुकी देखि नगरपालिकाकै भवनमा मतगणना भइरहेको छ । जस अन्तर्गत वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२ मत, वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२ मत, वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ मत, वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी निर्वाचित भइसकेका छन् ।

अहिले वडा नम्बर ४ को मतगणना भइरहेको छ भने वडा नम्बर १४ को पनि गणना गर्ने तयारी हुँदैछ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ४० बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ