माल्भिकाको पक्षमा खुले यी पूर्व मिस नेपाल र अभिनेत्री « Khabarhub

माल्भिकाको पक्षमा खुले यी पूर्व मिस नेपाल र अभिनेत्री


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही दिनयता सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । बलात्कारको घटना भएकाले यसले सबैको ध्यान तानेको छ ।

बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउन्टबाट एक युवतीले आफू बलात्कारको सिकार भएको गुनासो पोखिन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले ? कसरी ? बलात्कृत भइन् त्योबारे जानकारी दिएकी थिइन् ।

२०७१ सालमा आयोजना गरिएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एक युवतीले आफू बलात्कृत भएको सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बालाई जानकारी गराए पनि कुनै सहयोग नपाएको बताएकी छन् ।

त्यस विषयमा माल्भिकाले आफू त्यो समयमा डिप्रेसनमा रहेको र न्याय दिन नसकेकोमा पश्चात्ताप गरेकी छन् । तर सामाजिक सञ्जाल र सार्वजनिकरुपमै उनीमाथि गाली र आलोचनाको वर्षा भएको छ ।

पूर्व मिस नेपाल सुब्बा विवादमा तानिएपछि अन्य केही मिस नेपालसहित अभिनेत्रीहरु भने उनको प्रतिरक्षामा उत्रिएका छन् । उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन् ।

पूर्व मिस नेपाल शृंखला खतिवडाले माल्भिकालाई दोष दिएर दोषीलाई भुल्न नहुने बताएकी छन् । ‘हामीले दोषीलाई भन्दा बढी ती मिस नेपाललाई लिएर टीकाटिप्पणी गरिरहेका छौँ । उहाँको गल्ती थियो यद्यपि उहाँमाथि नै सबै दोष नथुपार्नुहोस्।’ उनले आग्रह गरेकी छन् । सबै दोष उहाँ (माल्भिका)माथि लगाउनु अन्याय हो’ उनले लेखेकी छन् ।

अर्की पूर्व मिस नेपाल जेनिशा मोक्तानले माल्भिकाको पक्षमा खुलेरै बोलेकी छन् । ‘जहाँ बढी अपेक्षा हुन्छ , त्यहीँ भएको हो । ‘तपाईँले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले तपाईँबाट सबैको अपेक्षा उच्च छ’ उनले लेखेकी छन् । मोक्तानले दोषीलाई कारबाही हुनु पर्नेमा जोड दिएकी छन् ।

पूर्व मिस नेपाल सीताश्मा चन्दले माल्भिकालाई दोषीभन्दा बढी आलोचना गरिनु स्वाभाविक नलागेको बताएकी छन् । उनले माल्भिकालाई लेखेकी छन् ,’ तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो । दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन । तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ ।’

अभिनेत्री केकी अधिकारीले महिला संयन्त्र, पुलिस, अदालतलाई काम सुरु गर्न आग्रह गरेकी छन् । ‘ किशोरीले हिम्मतका साथ सार्वजनिक गरेको बलात्कार र यौन शोषणका घटनामा सरोकारवाला जबाफदेही हुनु पर्छ’ भनेकी छन् ।

अर्की अभिनेत्री पूजा शर्माले यसलाई मानवीयतामाथिको आक्रमण भनेकी छन् । ‘उनी बलियो छिन् किनकि उनले आफूमाथि भएको दुर्व्यवहारलाई निडर भएर पोखिन्।’

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : १२ बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ