मर्चवारी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै जनता प्रगतिशील पार्टी विजयी « Khabarhub

मर्चवारी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै जनता प्रगतिशील पार्टी विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि बरई अन्तिम समयमा जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए । गया बरईले चार हजार ३८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले तीन हजार २४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह दुई हजार ९६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको सुमन यादवले दुई हजार ४०९ मत प्राप्त गरिन् । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णकुमार सिंह ७६३ मत ल्याई विजयी घोषणा भए भने उनका निकटतम प्रतिद्वन्द्वी क्षेत्रीय सभापतिसमेत रहेका नेपाली कांग्रेसका मुकेश यादवले ७३७ मत प्राप्त गरे ।

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी ९८३ मत सहित विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सुरेन्द्रनाथ मिश्र ४७२ मतल ल्याए । वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव ५७७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सन्तोष कुमार बरईले ४४८ मत पाए ।

वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी ४९४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अनिल यादवले ४४१ मत प्राप्त गरे । वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह ५४४ मत ल्याई विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारद यादवले ४४४ मत पाए ।

वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द ६८७ मत ल्याइ विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका अमरनाथ कुर्मीले ६७९ मत पाए । वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मी ४८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मातीबर कोहारले ४७८ मत पाए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ३१ बजे

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ