अन्तिम खेलमा नेपाल विजयी, युगान्डालाई ३-२ को शृङ्खला « Khabarhub

अन्तिम खेलमा नेपाल विजयी, युगान्डालाई ३-२ को शृङ्खला


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ ।

नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला सुनिश्चित गरिसकेको थियो । घरेलु मैदानमा खेलको पहिलो शृङ्खलामा ३-० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३-२ को सम्मानजनक नतिजा निकाल्यो ।

शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

युगान्डाका लागि रिता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा शाकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सीता राना मगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाएकी थिइन् । यस्तै सीताले १७, इन्दुले ८ तथा कविजता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् । युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले १/१ विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन आउटमा गुमाएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ५४ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ