सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ « Khabarhub

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो ।  बुधबार राति सामाजिक सञ्जाल टिकटक मार्फत एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् ।

उनले ०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको खुलाएकी छन् । त्यसपछि पीडितलाई न्यायको माग गर्दै प्रदर्शन हुनुको साथै बिहीबार सांसदहरूले समेत संसद्‌मा कुरा उठाएपछि सरकारलाई छानबिन गर्न सभामुख अग्नि सापकोटाले निर्देशन दिएका थिए ।

घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । समितिका नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको टोली शुक्रबार नै युवतीलाई भेट्न उनको घरमा पुगेको थियो । त्यसपछि आज पीडक भनिएका पाण्डेलाई पक्राउ गरिएको हो । किशोरीको न्यायका लागि र दोषीमाथि कारबाहीको माग गर्दै राजधानीलगायतका मुख्य शहरहरूमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ४९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला