कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून « Khabarhub

कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय तहका प्रमुख पदमा महिलाको सहभागिता कमजोर देखिएको छ । ५५ पदमा महिलाको सहभागिता रहेको छ भने १०१ पदमा पुरुषहरूको सहभागिता रहेको छ । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्षमा रिताकुमारी शाही निर्वाचित भएकी छन् भने उपाध्यक्षमा समेत देवी भण्डारी निर्वाचित भएकी छन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया भण्डारी विजय भएकी छन् । जुम्लाका पालिकामा भने दुवै पदमा महिला र पुरुषको समान सहभागिता रहेको छ ।

सल्यानका १० पालिकामा ५ जना महिला उपाध्यक्ष निर्वाचित भएका छन् । अन्य सबै मुख्य पदमा पुरुष नै निर्वाचित भएका छन् । हिमाली जिल्ला डोल्पाका आठ पालिकामा उपाध्यक्ष ५ जना महिला निर्वाचित भएका छन् भने ११ पदमा पुरुष नै निर्वाचित भए । मुगुका चार स्थानीय तह मध्ये तीन पालिकामा महिला उपाध्यक्ष रहेका छन् । अध्यक्ष सहित एक उपाध्यक्ष गरी पाँज जना पुरुष रहेका छन् ।

जुम्लाका ८ पालिका मध्य अध्यक्षमा ८ र उपाध्यक्षमा ८ महिला निर्वाचित भएका छन् । यहाँ सबै भन्दा समावेशी रहेको पाइएकोले छ । ९ स्थानीय तह रहेको कालिकोटमा पुरुषको रजाइँ देखिएको छ । १४ जना अध्यक्ष र उपाध्यक्ष पुरुष निर्वाचित हुँदा ४ जना महिला मात्रै निर्वाचित छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्लामा ७ स्थानीय तह रहेका छन् ।

सात स्थानीय तह मध्य २ स्थानीय तहमा मात्र महिला उपाध्यक्षको सहभागिता रहेको छ भने बाँकी १२ अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष नै निर्वाचित भएका छन् । जाजरकोटका ७ पालिकामा चार जना महिला उपाध्यक्ष निर्वाचित हुँदा १० जना अध्यक्ष र उपाध्यक्ष पुरुष नै निर्वाचित भएका छन् । दैलेखका ११ स्थानीय तह मध्य भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । ११ पुरुष अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको तथ्याङ्कमा उल्लेख छ । एक अध्यक्षसहित ११ पदमा महिला निर्वाचित भएको पाइएको छ ।

कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा महिला मोहनमाया ढकाल निर्वाचित भएकी छन् । सुर्खेतमा १० अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष र एक मेयर सहित ८ जना मेयर र उपाध्यक्षमा उपमेयरमा महिला निर्वाचित भएका छन् । अर्थमन्त्री जर्नादन शर्माको जिल्ला रुकुम पश्चिममा अध्यक्ष तथा मेयर पदमा महिलाको सहभागिता छैन भने उपाध्यक्ष पदमा ५ जना महिलाले जितेका छन् । त्यस्तै अध्यक्ष वा मेयर पदमा ७ पदमा पुरुष विजयी भएका छन् । यहाँ ६ पालिका रहेका छन् ।

एक मेयर र एक अध्यक्ष र बाँकी ५३ पदमा उपाध्यक्ष सहित ५५ पदमा महिलाको कर्णाली प्रदेशका १० जिल्लामा सहभागिता रहेको छ । त्यस्तै १० जिल्लाको १०१ पदमा पुरुषको मुख्य पदमा सहभागिता रहेको छ । यो हिसाबले हेर्दा समावेशीको हिसाबले महिलाको सहभागिता कमजोर रहेको पाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : ५९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई