शिक्षामन्त्री पौडेल लण्डन आइपुगे | Khabarhub Khabarhub

शिक्षामन्त्री पौडेल लण्डन आइपुगे


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतमा आयोजना हुने एक अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् ।

१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो ।

वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ने सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।

मन्त्री पौडेल सहितको टोली लण्डनस्थित विमानस्थल उत्रिदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।

सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।

एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसँग समेत भेटघाट गर्ने बताएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : १९ बजे

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र