यसकारण आयुष्मानलाई फरक देख्छन् अनुभव  « Khabarhub

यसकारण आयुष्मानलाई फरक देख्छन् अनुभव 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयुष्मान खुराना प्राय सोसल ड्रामा बेस्ड फिल्म गर्छन् । त्यस्तै फिल्म मार्फत उनले आफूलाई स्थापित समेत गरिसकेका छन् ।

 यिनै आयुष्मानले अभिनय गरेको पछिल्लो फिल्म हो ‘अनेक’ । यस अगाडि पनि उनले ‘आर्टिकल १५’ फिल्ममा काम गरेका थिए । त्यो पनि उनले अभिनय गरिरहेको फिल्ममा फरक थियो । आयुष्मानलाई यस्ता फरक फिल्महरू निर्देशक अनुभव सिन्हाले दिएका हुन् । राजनीतिक एक्सन थ्रिलर फिल्ममा आयुष्मानले करिअरमै पहिलोपटक अण्डरकभर प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई भारतको नर्थ इष्ट क्षेत्रमा छायांकन गरिएको छ । निर्देशक सिन्हाले एक अन्तरवार्तामा यी फिल्महरू आयुष्मानलाई अफर गर्नुको कारण बारे बताए । ‘मैँले आयुष्मानलाई जस्तो देखेको छु । त्यही अनुसार फिल्ममा देखाउँछु । मलाई थाहा छैन, उनलाई सोसल ड्रामा मात्र किन अफर हुन्छु निर्देशक सिन्हाले भने । उनले आफूले खोजेको पात्रमा आयुष्मान फिट भएको समेत बताए ।

‘पछिल्लो फिल्म आर्टिकल १५ मा केही कमी थियो । यद्यपि यसपटक उनले बडी पनि बनाएका छन् । उनलाई मैँले देखाउने पात्रमा ढाल्न कुनै अप्ठ्यारो भएन’ उनले भने । आयुष्मानले पनि निर्देशक सिन्हासँग काम गर्दा आफूले केही सिकिरहेको बताए ।

मैँले उनीसँग काम गर्दा भारतलाई झनै नजिकबाट चिन्ने मौका पाउँछु । र, मलाई फरक तरिकाले प्रस्तुत गर्ने निर्देशक पनि उनी नै हो’ आयुष्मानले भने । फिल्म मे २२ मा रिलिज हुँदैछ । आयुष्मानले क्षेत्र र भाषाको आधारमा भारत विभाजित भइरहेकाले सबैमा भारतीयको भावना जगाउनुपर्ने विषय उठाइरहेको देख्न सकिन्छ ।

फिल्ममा एक्सन अवतारमा देखिएका उनलाई यसमा पनि दर्शकले रुचाउने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ५१ बजे

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा

गोरखा सहकारीका अध्यक्षसहित ४ जना समातिए, पौने ४ अर्ब बचत हिनामिना आरोप

काठमाडौं- ललितपुरको ताल्छिखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष

फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा