काठमाडौँ महानगर : ७ नम्बरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक « Khabarhub

काठमाडौँ महानगर : ७ नम्बरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् । 

होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र  सुरेश शाही निर्वाचित भएका छन् । महिला सदस्यतर्फ कांग्रेसका रूपा थापाले जित हासिल गरेका छन् भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास  विजय भएका छन् ।  

हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।

कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनिसक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का केशव स्थापितले २० हजार ९६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५३८ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले पनि आफ्नो अग्रता कायमै राखेका छन् । उनले ३८ हजार ३५१ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : ५६ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।