धनुषाको क्षीरेश्वरनाथ मेयरमा एमाले विजयी « Khabarhub

धनुषाको क्षीरेश्वरनाथ मेयरमा एमाले विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका मेयरमा नेकपा एमालेका सुखदेव यादव निर्वाचित भएका छन् ।

निर्वाचित यादवले ७ हजार ९ सय १३ मत ल्याउँदा उनका प्रतिस्पर्धी योगेन्द्र पजियारले ७ हजार ३ सय मत पाएर पराजित भएका छन् । निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई ६ सय १३ मतको अन्तरले पराजित गर्दै यादव मेयरमा विजयी भएका हुन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रचना श्रेष्ठ माथेमा निर्वाचित भएकी छन् । श्रेष्ठले ७ हजार ५ सय ५० मत पाउँदा उपमेयर प्रतिस्पर्धी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५ सय ११ मत प्राप्त गरेकी छन् ।

क्षीरेश्वरनाथ नगरपालिका एमाले सचिव रघुवीर महासेठको निर्वाचन क्षेत्र हो । क्षीरेश्वरनाथको वडा नं. १,२,४,५,७,८ र १० मा नेपाली काँग्रेस विजयी भएको छ । भने, वडा नं. ६ र ९ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ३ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया