वर्षाले विश्वकप प्रभावित– भारत र न्युजिल्याण्डको खेलमा टस हुन सकेन « Khabarhub

वर्षाले विश्वकप प्रभावित– भारत र न्युजिल्याण्डको खेलमा टस हुन सकेन


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट अन्तरगत भारत र न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको छ ।

इङ्ग्ल्यान्ढको नोटिङघामस्थित ट्रन्ट ब्रिजमा हुने खेल मैदान भिजेका कारण टस हुन सकेको छैन ।

विश्वकपमा अघिल्ला २ खेल लगातार जित्दै लय समात्न सफल भारतका लागि न्युजिल्यान्डविरुद्धको खेल महत्वपूर्ण रुपमा हेरिएको छ । यद्यपी न्युजिल्यान्ड पनि विश्वकपमा लगातार ३ खेल जित्दै उच्च फर्ममा रहेको छ । विश्वकपको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड भारतलाई रोक्ने लक्ष्यमा रहेको छ ।

म्याच अम्पायरका अनुसार पीच खेल्न योग्य भएपनि मैदानको केही भाग भिजेको र मौसम अझै सफा भइनसक्दा खेलको टस हुन सकेको छैन् ।

विश्वकपमा यसअघि पनि पाकिस्तान र श्रीलंका, बंगलादेश र श्रीलंकाबीचको खेल बर्षाकै कारण शुरु हुन सकेको थिएन ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : १६ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्