एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा « Khabarhub

एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । 

प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट कांग्रेसलाई एमालेलाई रोकेको हो । ११ जिल्ला रहेको गण्डकीको गोरखामा एमाले ‘क्लिन स्विप’ हुँदा पनि कांग्रेसलाई बराबरीमा एमालेले रोक्न सकेको हो । उसो त यो प्रदेशमै घर भएका रामचन्द्र पौडेल कांग्रेस वरिष्ठ नेता र धनराज गुरुङ उपसभापति छन् । अन्य प्रभावशाली नेताहरू पनि थुप्रै छन् ।

पौडेल गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल तथा अनुगमन गर्न गठित संयन्त्रका संयोजक हुन् । गुरुङ पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ संयोजक हुन् । दुवै नेताले निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी पाए । तर, यी महत्वपूर्ण नेता पनि रहेका गण्डकीमा कांग्रेससँग एमाले बराबरी हैसियतमा आएको हो ।  निर्वाचन आयोगले जनाएअनुसार कांग्रेसले गोरखामा २, मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ५, नवलपरासी बर्दघाट पूर्वमा २, मुस्ताङमा १, म्याग्दीमा २, बाग्लुङमा सर्वाधिक ६ र पर्वतमा ५ स्थानीय तहमा कांग्रेस उम्मेवदारहरू निर्वाचित भएका हुन् ।

एमालेले सर्वाधिक मनाङको २, लम्जुङको ४, कास्कीको २, तनहुँको ४, स्याङ्जाको ६, नवलपरासी बर्दघाटको ६, मुस्ताङको ४, म्याग्दीको ४, बाग्लुङको १ र पर्वतको २ स्थानीय तह एमालेले जितेको हो । 

माओवादीले भने गोरखामा ९,  तनहुँमा १ र बाग्लुङमा १ गरी स्थानीय तह जितेको आयोगले जनाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने कास्कीको पोखरा महानगरपालिकामा जित्ने देखिएको छ । तर, जनता समाजवादी पार्टी (जसपा) भने यो प्रदेशमा शून्य भएको छ । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ४ : २७ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका