महादेवले गर्ने ताण्डवमा के छ रहस्य ? « Khabarhub

महादेवले गर्ने ताण्डवमा के छ रहस्य ?


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हिन्दूधर्ममा महादेवलाई देवका पनि देवको रुपमा पूजिन्छ । महादेवको थुप्रै प्रसंगहरु धर्मशास्त्रमा आउने गर्छन् । महादेव जब क्रोधित हुन्छन् , ताण्डव नृत्य गर्न थाल्छन् भनिएको छ । यसका साथै महादेवको ताण्डव शुरु भयो भने समस्त सृष्टिको नै विनाश हुने बताइन्छ । तर क्रोधमा मात्रै ताण्डव नगरी खुशीको शुभअवसरमा पनि भोलेनाथ ताण्डव गर्थे । ताण्डवको थुप्रै स्वरुप रहेका छन् ।

यससँग जोडिएका अनेक कथा प्रसंग पनि छन् । महादेवको ताण्डवको अर्थ र यससँग जोडिएका कथाबारे यहाँ उल्लेख गरिन्छ । महादेवको दुई स्वरुपलाई प्रमुख मानिन्छ । एक समाधी र अर्को हो ताण्डव । भगवान शिवको ताण्डवको सिलशिलामा दुई कथा विशेष चर्चित छ ।

माता सती भगवान शिवको साथमा आफ्ना पिता दक्षले आयोजना गरेको हवनमा सहभागी हुन आएकी थिइन् । उक्त हवनमा भोलेनाथको अपमान भएको देखेर माता सतीले अग्निमा हाम्फाली आत्मदाह गर्छिन् । यो घटनाबाट महादेव अत्यन्तै क्रोधित हुन्छन् र रुद्र ताण्डव गर्न शुरु गर्छन् । महादेवको उक्त ताण्डवका कारण पुरै सृष्टिमा प्रलय हुने परिस्थिति उत्पन्न भएको हुन्छ ।

ताण्डवसँग जोडिएको अर्को रोचक प्रसंग पनि छ । उक्त कथाअनुसार लंकेश्वर रावणले शिव ताण्डवको शुरुवात गरेका थिए । एक पटक रावणले भगवान शिवसँग भेट गर्न लंकादेखि कैलाशसम्म विभिन्न कार्य गरेका हुन्छन् । उनले पूरै बाटोको यात्रामा भोलेनाथलाई सम्झिदै, गुनगान गर्दै हिँडेका हुन्छन् । तर उक्त समय यस्तो बेला परेको हुन्छ । जुन बेला महादेव ध्यानमा मग्न भएका थिए । यसक्रममा महादेवलाई यति पनि महसुस हुँदैन कि परमभक्त रावण उनको प्रतिक्षामा छन् भन्ने कुराको । जसका कारण रावण आहत हुन्छन् र उनले पूरै कैलाश पर्वतलाई आफ्नो हातले उठाउँछन् ।

कैलाश पर्वत उठाउने क्रममा हलचल हुँदा महादेवको ध्यान भंग हुन्छ । त्यहीँ झोंकमा क्रोधित बनेका महादेवले आफ्नो पञ्जा कैलाश पर्वत माथि राख्छन् । जसले गर्दा रावणको हात कैलाश पर्वत मुनी दबिन्छ र दुखाईले उनी तड्पिन थाल्छन् । यसबाट रावणमा गल्तिको महसुस हुन्छ र उनको घमण्ड पनि टुट्छ ।

त्यसपछि रावणले भोलेनाथलाई प्रसन्न पार्न शिव ताण्डव स्त्रोत्र गाउन शुरु गर्छन् । यही संगीतको माध्यमबाट महादेवको महानताको बयान गरिएको छ । आफ्नो लागि यति सुमधुर संगीत सुनेपछि महादेव रावणसँग प्रसन्न हुन्छन् । त्यसपछि भने महादेवले कैलाश पर्वतमाथि राखेको आफ्नो पञ्जा हटाउँछन् । त्यसैले लंकेश रावणलाई शिव ताण्डवको रचयिता मानिन्छ ।

खुशीमा पनि महादेव गर्थे ताण्डव

अधिकांश मानिसमा महादेवले क्रोधमा मात्र ताण्डव गर्थे भन्ने भ्रम हुन सक्छ । जति बेला महादेव अत्यन्त खुशी हुन्थे त्यस बेला पनि ताण्डव गर्ने गर्थे । खुशीमा शिव आनन्द ताण्डव गर्दथे । जसबाट पूरै वातावरण मनमोहक हुने गथ्र्यो । यसका साथै त्रिपुरा, संध्या, समरा, काली, उमा पनि ताण्डवकै प्रकार हुन् । जुन ताण्डव महादेवले विभिन्न अवस्थामा गर्ने गर्थे ।

ताण्डव भित्र पूरै सृष्टिको सारांश समावेश भएको छ । यसले मृत्यु, जन्म, विनाश, रचना सबैलाई दर्शाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १२ : ४६ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा