कोहलपुरमा कांग्रेस विजयी « Khabarhub

कोहलपुरमा कांग्रेस विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् । 

उपप्रमुखमा पनि कांग्रेसकै संगीता सुवेदी विजयी भएकी निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार ७२५ मत प्राप्त गरेका थिए ।

पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं.३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : ०७ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक