एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन « Khabarhub

एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् । शेर्पाले भोलि तीनकुनेस्थित रोयल बैङ्क्वेटमा ११ बजे कार्यक्रम राखेका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ । 

जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस पटक अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

गत ४ जेठमा पंकज समूहले ललितपुरको एक होटेलमा आफ्नो शक्ति प्रदर्शन गरेको थियो । त्यही कार्यक्रम मार्फत नेम्बाङले उम्मेदवारी घोषणा दिए । यस्तै वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

पंकज पक्षमा यस पटक कर्मा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले देखिए । यस्तै तटस्थ रहेका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व उपाध्यक्ष सुनिल राणा समेत पंकज पक्षमा खुलेका छन् । 

यता, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का उपाध्यक्ष राजु हाँयजु, बाँसबारी क्लबका प्रेम थापा समेत पंकज समूहमा देखिएका छन् । पंकजको शक्ति प्रदर्शनमा ५५–६० मताधिकारको सहभागिता रहेको थियो ।

भोलि हुने शेर्पाको उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शनमा वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान श्रेष्ठ रहने छन् । यस्तै विज्ञानराज शर्माले उम्मेदवारी दिने तयारी गरेका छन् । 

यस्तै भोलिको शक्ति प्रदर्शनमा तेस्रो धार देखिएका महासचिव इन्द्रमान तुलाधरसमेत कर्मा पक्षमा देखिने सम्भावना छ । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : १२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको