सरकारले सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्दैन– मन्त्री बाँस्कोटा « Khabarhub

सरकारले सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्दैन– मन्त्री बाँस्कोटा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले सांस्कृतिक क्षेत्रमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

आमूल परिवर्तन गर्नुपर्छ भन्नेहरुले कुनै पनि विषयलाई परिवर्तन गर्न खोज्दा आपत्ति जनाएको उनको भनाइ थियो ।  बिहीवार सिंहदरबारमा सरकारको बैठकबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गुठी सम्बन्धी विधेयकबारे छलफल चलिरहेको बताए ।

पुराना कानूनहरुलाई विस्तापित गर्न जरुरी भएको अवस्थामा नयाँ कानून ल्याउँदा समस्या देखिएको उनले बताए । पुरानो कानूनहरुमा सबै अभ्यस्त भएको अवस्थामा केही परिवर्तन गर्दा त्यसलाई ग्रहण गर्न समय लाग्ने उनको भनाइ थियो ।

गुठी सम्बन्धी विधेयकबारे छलफल गर्दा सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने भन्ने प्रश्न महत्वपूर्ण भएको बताए । उनले काठमाडौंमा मात्र गुठी नभएको भन्दै देशभरको गुठीलाई सम्बोधन गर्ने प्रयास गरेको बताए ।

‘सामान्तवादलाई अन्त्य गर्ने कि नगर्ने भन्ने प्रश्न महत्वपूर्ण हो, सामन्तवादको चरित्र बोक्ने विषको सम्बोधन गर्न जरुरी छ’ मन्त्री बाँस्कोटाले भने,‘ भूमिहीन प्रणालीलाई सुधार गर्ने कि नगर्ने, केही सुधार गर्ने, विकास र समृद्धिको कुरा गरेका छौं भने केही काँडा त लाग्छ ।’

गुठीको समस्या उपत्यका भित्र र उपत्यका बाहिर फरक रहेको भन्दै उनले त्यसमा छलफल गरेर अघि बढ्न सरकार तयार रहेको बताए ।

उनले गुठीको सरोकारवाला उपत्यकामा मात्र नभएको भन्दै देशभर छरिएका सरोकारवालासँग छलफल भएको बताए ।

‘सरोकारवालाहरुसँग कुरा भइरहेको छ । फलानो ठाउँको जग्गा छोयो भने सरकार गयो भन्ने पनि सुनिएको छ, तर सरकार त ढल्दैन’ उनले भने,‘प्रश्न जग्गाको मात्र होइन । संस्कृतिलाई जोगाउनुपर्छ भन्ने हो ।’

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : १३ बजे

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा