कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी « Khabarhub

कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे।

नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए। कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरे।

७ वडा रहेको कमल गाउँपालिकामा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा एकीकृत समाजवादीका अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । ३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा भने २६ हजार २४२ मत खसेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ५४ बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका