सरकारको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्ट « Khabarhub

सरकारको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्ट


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा– सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । आइतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए ।

वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनाएजेन्डा आन्दोलन शुरु गरेको भन्दै आपत्ति जनाए । उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर काँग्रेसले आन्दोलन शुरु गरेको उल्लेख गर्दै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने दावी गरे ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : १२ बजे

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका

पहिरोका कारण विभिन्न सडकखण्डहरू अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग

‘बागमतीमा बढ्यो घरजग्गाको कारोबार, मधेसमा घट्यो’

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पोख्रेल पुर्पक्षका लागि थुनामा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौं– झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग