जडिबुटी बोकेको ट्रकसहित चालक नियन्त्रणमा « Khabarhub

जडिबुटी बोकेको ट्रकसहित चालक नियन्त्रणमा


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा प्रहरीले दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजाँदै गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट जडिबुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हलेसीस्थित ट्राफिक चोकमा खटिएको प्रहरीको टोलीले सोमबार सवारी साधन चेकजाँच गर्नेक्रमका शंका लागेर चेकजाँच गर्दा दरपीठ नभएको जडिबुटी फेला परेको ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ ।

प्रहरीले जडिबुटी, ट्रक चालक, सामानको मालिक र ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ । कागजपत्र नमिलेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : ०२ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु