आँधीबाट क्यानाडामा १० जनाको मृत्यु « Khabarhub

आँधीबाट क्यानाडामा १० जनाको मृत्यु


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टारियो र कबेकमा आँधी आएको बताइएको छ ।

सो आँधीबाट १० जनाको ज्यान गएको क्यानाडाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रति घन्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीमा परेर भौतिक संरचनाहरू पनि भत्किएका छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिसहरुको घरमा विद्युत आपूर्ति बन्द भएको छ । क्यानाडामा सबैभन्दा धेरै जनसंख्या भएको शहर मानिने ओन्टारियोमा आँधीले रुखहरु ढालेको छ भने विद्युत आपूर्तिमा पनि क्षति पुर्‍याएको बताइएको छ ।

ओन्टारियोमा विद्युत आपूर्ति बन्द हुँदा शहरका ३ लाख ८० हजार मानिसहरु अँध्यारोमा बस्न बाध्य छन् । आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । त्यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति ठूलो असर पारेको बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध