काठमाडौँ– नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ । सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अंकले बढेर ४ सय ३२ दशमलव ७८ अंकमा पुगेको छ ।
मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबार भन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ । सेयर बजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १ सय ६० कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।
मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् ।
प्रतिक्रिया