गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने  | Khabarhub Khabarhub

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । 

कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पुर्‍याउने नीति लिएको हो । 

रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला सङ्‍घीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको हो । 

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ । 

गैंडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने पनि भएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने पनि सरकारले नीति लिएको राष्ट्रपति

विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताएकी छिन् । 

उनले खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने पनि बताइन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : २१ बजे

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा

कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र न्यायालयप्रत

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

काठमाडौं– सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले