सरकारको नीति तथा कार्यक्रम : नेपाललाई छायांकन गन्तव्यका रुपमा विकास गर्ने घोषणा  « Khabarhub

सरकारको नीति तथा कार्यक्रम : नेपाललाई छायांकन गन्तव्यका रुपमा विकास गर्ने घोषणा 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता नेपाललाई विदेशी फिल्मको छायांकनको लागि गन्तव्यको रुपमा चिनाउनु पर्ने आवाज उठिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विदेशी कलाकारहरूलाई नेपाल ल्याउने र नेपालको स्थानलाई प्रवर्द्धन गर्ने विभिन्न फिल्मी कार्यक्रममा बताउँदै आइरहेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरेकी छिन् ।

सरकारले नेपाललाई विदेशी फिल्म छायांकनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको हो । फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना सहित सरकारले यसलाई प्राथमिकतामा राख्ने राष्ट्रपति भण्डारीले बताए । 

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ४३ बजे

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण