पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीको पोखरा महानगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० बर्षीय किशोर कुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा राति सवा १ बजे मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० बर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

एयरपोर्टबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर गए राति १२ : ४५ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : ०८ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र