भारतमा महिलाले १० लाखको हिरा फेला पारेपछि… « Khabarhub

भारतमा महिलाले १० लाखको हिरा फेला पारेपछि…


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- भारतको मध्यप्रदेश राज्यस्थित पन्ना जिल्लाको एउटा गाउँकी महिलाले खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।

भारतीय समाचार सञ्जाल न्युज १८ का अनुसार इट्वाकाला गाउँमा बसोबास गर्दै आएका महिला र उनका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताएका छन् । उनी पेसाले किसान हुन् । 

जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा  फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए ।

ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए । सरकारी राजश्व र अन्य रोयल्टी काटेपछि उक्त हिरा फिर्ता दिइने जनाइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : ०० बजे

५४ फर्ममा वाणिज्य विभागको अनुगमन

काठमाडौँ– बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

आईपीएलमा राजस्थानको पहिलो हार, हैदराबाद ५७ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं सिजनमा

नयाँ वर्षले लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्प र सामर्थ्य पैदा गरोस् : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा

अमेरिकी डलरको मूल्य बढ्यो : नयाँ वर्षका दिन कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ – आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ