उदयपुरको कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित « Khabarhub

उदयपुरको कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ  निर्वाचित भएका छन । सम्पन्न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।  

उनका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गरेका छन् । निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाएका थिए भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गरेका थिए । 

नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित भएकी छिन् । उनले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदय बहादुर तामाङले ३ हजार ७२३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार नगर उपप्रमुख कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरेका छन् । 

१४ वडा रहेको कटारी नगरपालिकामा ७ वटा वडा नेकपा एमाले निर्वाचित भएको छ भने ३ वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ । एकीकृत समाजवादी १, माओवादी केन्द्र १ र स्वतन्त्रमा २ वडा अध्यक्ष निर्वाचित भएको छ ।

कटारी नगरपालिका-१ मा एमालेका पदमलाल मगर, २ मा कांग्रेसका प्रेमबहादुर क्षेत्री, ३ मा कांग्रेसका पुष्कर खड्का, ४ मा स्वतन्त्र भुपेन्द्रसिंह तामाङ, ५ मा एमालेका मोहनकुमार तामाङ, ६ मा एमालेका प्रेमबहादुर मगर, ७ मा कांग्रेसका सुविन ढुंगाना, ८ मा स्वतन्त्र नविनकुमार तामाङ, ९ मा एकीकृत समाजवादीका बेद बहादुर आले मगर, १० मा एमालेका क्षेत्रबहादुर खड्का, ११ मा एमालेका अनन्त हायु, १२ मा माओवादी केन्द्रका यम्बर बहादुर कटुवाल, १३ मा एमालेका शम्भु श्रेष्ठ र १४ नम्बर वडामा नेकपा एमालेका अम्बरबहादुर मगर निर्वाचित भएका छन् । 

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ५१ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित