सरकारले लगायो सार्वजनिक हितका २५ आवश्यक सेवामा हड्ताल गर्न रोक « Khabarhub

सरकारले लगायो सार्वजनिक हितका २५ आवश्यक सेवामा हड्ताल गर्न रोक


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले जेठ ११ गते आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ भन लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले जेठ २३ देखि असार २ गतेसम्म रुवान्डाको किगालीमा आयोजना हुने विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चार मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ४ : ०७ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष