कतार र कुवेतमा चर्को घाममा काम लगाउन प्रतिबन्ध | Khabarhub Khabarhub

कतार र कुवेतमा चर्को घाममा काम लगाउन प्रतिबन्ध



दोहा – कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्ष पनि गर्मी महिनाका लागि काम गर्ने समय तोकेको छ ।

खाडी क्षेत्रमा गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५ सेप्टेम्बरसम्म समय सीमा तोकिएको हो । जसअनुसार कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काममा लगाउन पाइने छैन। यो निर्णयले प्रत्यक्ष घाममा काम गराउने कम्पनी र संस्थाहरू दैनिक काम गर्ने घण्टा निर्दिष्ट गर्न बाध्य हुनेछन् ।

कतारमा १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० देखि ३ : ३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई भनेको छ। सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ। यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रूपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ। गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ।

यस्तो अभियान चलाइयो
मन्त्रालयले २०२१ को मन्त्रिपरिषद्को निर्णय नम्बर १७ लागू गर्दै काम समयमा कामदारलाई गर्मीबाट जोगाउन तथा तनावका खतराहरूबारे सचेतना अभियान सञ्चालन गर्न थालेको थियो । यसै महिनाको मध्यदेखि एमओएलको श्रम निरीक्षण टोलीहरूले गर्मीको समयमा खुला ठाउँमा काम गर्न निषेधको कार्यान्वयन सुरु हुनु अघि, देशभरका विभिन्न कार्यस्थलहरूमा श्रमिकहरूलाई सचेतना पर्चाहरू वितरण गरी वार्षिक सचेतना अभियान चलाएको छ।

कामदार र कम्पनीहरूको लागि सेमिनार र सचेतना बैठकहरू आयोजना गर्नुका साथै ग्रीष्मकालमा श्रमिकको सुरक्षा, स्वास्थ्य जोगाउनको लागि निर्णयको प्रावधान र कार्यान्वयनको आवश्यकतालाई उल्लंघन नगर्न कम्पनी सञ्चालकलाई मन्त्रालयले आह्वान गरेको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ ।

कुवेतमा पनि सोही नियम 
कुवेतमा सोही नियम लागू भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णय अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन पाइने छैन । कुवेतका विभिन्न क्षेत्रमा करिब ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ ।

प्रचण्ड गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ०१ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन