कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण | Khabarhub Khabarhub

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।

उक्त विधेयक उहाँले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए। यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ३७ बजे

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी

पोर्चुगल – पोर्चुगलले सन् २०२५ मा ९४ वर्षयताकै सबैभन्दा बढी

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी