फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा « Khabarhub

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । ुमकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले’, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भने ।

कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको त्रियुगा–१२ बोटेटोलका कुमार रेग्मी बताउँछन् । त्रियुगा–११ साकेलाटोल र बरुवा क्षेत्रमा पनि मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय हर्कबहादुर कार्कीले बताए । साकेला टोल क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेका छन् ।

त्रियुगा–१३ असारी क्षेत्रमा प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न थालेको किसानले बताएका छन् । ६ वर्षयता त्रियुगा क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ३० बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका