समुद्री आँधी ‘वायु’ले नेपाल‍मा मनसुन ढिलो हुने « Khabarhub

समुद्री आँधी ‘वायु’ले नेपाल‍मा मनसुन ढिलो हुने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतको गुजरात राज्यमा बढी प्रभाव पार्ने गरी आउने अनुमान गरिएको समुन्द्री आँधी ‘वायु’को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । तर, यो आँधीले बाटो फेरेर अरब सागर तिरै फर्किएपछि गुजरातको जोखिम कम हुने अनुमान गरिएपनि नेपालको मनसुनमा भने यसको प्रभाव रहने देखिएको छ । यही आँधीका कारण नेपालमा मनसुन ढिलो हुने अनुमान मौसमविद वरुण पौडेलको छ ।

मौसमविद पौडेलले अरब सागरमा विकसित भएर पश्चिम भारतको तटीय क्षेत्रतिर अघि बढेको शक्तिशाली समुद्री आँधीको मौसमी प्रभाव नेपालमा पर्ने भन्दै नेपालमा प्रायजसो जुन १० बाट शुरु हुने मनसुनमा प्रभाव पर्नसकने बताए ।

मनसुनका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त बादल प्रवेश गर्नुपर्ने बताउँदै पौडेलले अरब सागरबाट केहिदिन अघिदेखि बग्न थालेको आँधीले भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रियालाई पनि बिथोलिदिएको बताए ।

अरब सागरमा आँधी बन्न थाल्दा जलवाष्प पनि त्यतै केन्द्रित भएकाले बङ्गालको खाडीतिर मनसुनको बादल राम्ररी विकसित हुन नसकदा अब वर्षा शुरु हुन समय लाग्ने देखिएको पनि उनले बताए । हिजोआज नेपालका विभिन्न क्षेत्रमा भइरहको वर्षा भने प्रिमनसुनका कारण भएको उनले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ४९ बजे

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख