युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन नियुक्त  « Khabarhub

युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन नियुक्त 


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् ।

जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् । 

प्रदेश सरकारले सातवटा जिल्लामा राजनीतिक आस्थाका आधारमा आफू निकटलाई अध्यक्षमा नियुक्त गरेको छ । बाँकी जिल्लामा सत्तारुढ गठबन्धनका सिफारिसको आधारमा नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ३५ बजे

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको