पूर्व डीआईजी रन्जन कोइरालालाई पक्राउ गर्ने तयारी | Khabarhub Khabarhub

पूर्व डीआईजी रन्जन कोइरालालाई पक्राउ गर्ने तयारी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको हो ।

यसबारेमा प्रहरीमा सर्कूलर पनि भइसकेको छ । यसका लागि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले खोजी सुरु गरिसकेको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले यसअघि गरेको फैसला उल्टाउने फैसला सुनाएको हो ।

यसअघि गएको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो।

२०६८ सालमा श्रीमतीको हत्या गरी शव जलाउन लाग्दा डीआईजी कोइराला रंगेहात पक्राउ परेका थिए । त्यसपछि उनलाई आजीवन जेल सजाय भएको थियो । तर सर्वोच्चले १२ वर्ष कैँद बाँकी छँदै विवादास्पद फैसला सुनाएर रिहा गरेपछि यसबारे चर्को आलोचनासँगै सर्वोच्चमा फेरि रिट परेको थियो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलालाई उल्टयाउँदै जन्मकैदको जेल सजाय हुने फैसला गरेको हो । राणा र केसी इजलासले श्रीमती हत्या अभियोगमा सजाय काट्दै आएका कोइरालालाई कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे आठ वर्षमा झार्ने फैसला गरेको थियो । अदाललते उक्त फैसलालाई उल्टयाउँदै कोइरालालाई जन्मकैद हुने फैसला गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले २०७७ असार १५ गते कोइरालालाई ११ वर्ष छ महिना छुट दिने फैसला सुनाएको थियो । कोइरालाले श्रीमती गीता ढकाललाई जलाएको स्वीकार गरे पनि सजायमा कानूनसम्मत नगरी छुट दिएको विषयमा सर्वत्र विरोध भएको थियो । उक्त फैसला विवादमा परेपछि सरकारले विसं २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो । सोही साउन १२ गते नै सर्वोच्च अदालतले सो निवेदनमा सुनुवाइका लागि निस्सा प्रदान गरेको थियो ।

यसअघिको फैसलामा कोइरालाको श्रीमती गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्य अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दूरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा कोइरालालाई आठ वर्ष छ महिना कैद हुने ठहर गरिएको थियो ।

“मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्”, फैसलामा भनिएको थियो, “तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन ।” फैसलामा प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु कोइरालाबाटै भएको र दोषी ठहर भए पनि सर्वश्वसहित जन्मकैदलाई छुट दिएर साढे आठ वर्ष मात्र सजाय हुने पूर्णपाठमा थियो ।

घटना हुनुको मुख्य कारण ः तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआइजी) कोइराला र श्रीमती गीता ढकाल सम्बन्ध राम्रो नभएपछि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई छोराहरु एक बाबुसँग र एक आमासँग बस्दै आएका थिए । छोरी (गीता) बेपत्ता भएपछि माइती पक्षले खोजी गर्दै हनुमान ढोकामा उजुरी दर्ता गराएका थिए । विसं २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनामा कोइरालाको संलग्न भएको आशङ्कामा प्रहरीले कोइरालालाई प्रक्राउ गर्यो । प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको पत्ता लगेको थियो । कोइरालाले हत्यापछि प्रमाण नष्ट गर्न शवलाई गाडीमा हालेर पालुङ लगेको र जलाउनका लागि पेट्रोल पनि घरबाटै लिएर गएको, राति जङ्गल छेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पत्ता लागेको थियो । सर्वोच्च अदाललते उक्त घटनामा यसअघि कैद सजाय छुट हुने फैसलालाई उल्टाउँदै जन्मकैद सजाय हुने फैसला गरेको हो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ५७ बजे

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

अर्घाखाँची – अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई

चीनमा रोबोटको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

ग्वाङझाउ – चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको