विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसलाविरुद्ध बारामा प्रदर्शन « Khabarhub

विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसलाविरुद्ध बारामा प्रदर्शन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बारा – सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र सरकारले महत्त्वाकाङ्क्षी राष्ट्रिय परियोजनाका रूपमा अघि सारेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाएकै कारण अदालतको निर्णय प्रति विरोध गरिएको माओवादी केन्द्रका सपिम खरेलले बताए ।

विमानस्थल निर्माणले जनता, देशको भाग्य र भविष्य उज्ज्ववल हुने मात्रै नभई अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थपिने महत्त्वाकाङ्क्षी योजनामा सर्वोच्चले वातावरण सरक्षणको नाममा सेटिङ रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालले आरोप लगाए । दंगालले भारतको इसारामा अदालतले गैर जिम्मेवार प्रदर्शन गरेर न्यायालयको बदनाम गर्ने कार्य गरेको आरोप लगाए ।

वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्चले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधि शास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।

निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको