लाउडा प्रकरणका २१ बर्ष: घाइतेका खुट्टामा गोलीका दाग अझै देखिन्छन् « Khabarhub

लाउडा प्रकरणका २१ बर्ष: घाइतेका खुट्टामा गोलीका दाग अझै देखिन्छन्


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – लाउडा प्रकरणको विरोधका क्रममा खोटाङमा गोली काण्ड भएको २१ वर्ष पुगेको छ । लाउडा विमान खरिद प्रकरणकाविरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको घट्नालाई दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध ६ बाम घटक अन्तर्गत खोटाङमा एमाले र जनमोर्चाले विरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए ।

प्रहरीले जुलुसमाथि अन्धाधुन्ध गोली चलाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका-२ खार्ताम्छाका प्रताप राई घाइते भएका थिए । त्यो बेला घाइते भएकामध्ये दिपनारायण हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर र दिपेन्द्र नेकपा माओवादी केन्द्रका नेता छन् । घाइतेमध्ये प्रतापको मृत्यु भइसकेको छ ।

लाउडा प्रकरणमा करोडौँ भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको जुलुसमा सहभागीहरु बताउँछन् ।

मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुवै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ। उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ ।

घट्नाका बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए । उस बेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्ययनरत थिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ०४ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी